ホーム > 教育・文化・スポーツ > 文化・芸術 > 文化交流・国際交流 > KANAFAN STATION(नेपाली)

更新日:2023年5月22日

ここから本文です。

KANAFAN STATION(नेपाली)

KANAFAN STATIONのネパール語ページです。

कानागावा अन्तरराष्ट्रिय फ्यान क्लव 「कानाफ्यान स्टेशन」(かながわ国際ファンクラブ「KANAFAN STATION」)

 कानागावा प्रान्तमा 「कानागावा अन्तरराष्ट्रिय फ्यान क्लव」संचालित छ । यस समूहमा जापान तथा विदेशमा रहेर कानागावासँग चिरपरिचित व्यक्तिहरू, एक अर्काका सहयोगी भर्इ विदेशी विद्यार्थीहरूको समर्थन तथा सहयोगको लागि समर्पित रहेका छन् ।

 कानागावा अन्तरराष्ट्रिय फ्यानक्लव「कानाफ्यान स्टेशन」विदेशी विद्यार्थीहरूको सहयोगको लागि मुख्य भूमिका खेल्ने संस्थाका व्यक्तिहरूको भेटघाट हुने र स्वतन्त्र रूपमा एकआपसमा विविध कुराहरूको आदानप्रदान गर्न सकिने स्थान हो ।

 विदेशी विद्यार्थीहरूको दैनिकी, रोजगारसँग सम्बन्धित विविध खालको सूचना तथा जानकारीहरूको सल्लाह तथा परामर्शको लागि काम गरिरहेका छौं ।

 यो योकोहामा स्टेशनको नजिकै रहेको अन्तरराष्ट्रिय एक्सचेन्ज स्थान हो । विना हिच्किचाहट प्रयोग गर्नुहोस् । यहाँ निःशुल्क वाइफाइको व्यवस्था पनि छ ।

 प्रयोग गाइड (利用案内)

प्रयोग गर्ने समय

कार्यालय खुल्ने दिन (सोमबार बाहेक) १०:०० बजेदेखि १८:०० बजेसम्म,
शनिवार र आइतबार १०:०० बजेदेखि १७:०० बजेसम्म ।
(सोमबार, वर्षको अन्तिम तथा नयाँ वर्षको विदा, कानागावा प्रान्तको नागरिक सेन्टर विदाको दिन विदा हुनेछ)

अग्रिम बुकिङ गरेर पनि प्रयोग गर्न सकिन्छ ।

माथि दिर्इएको समयमा यहाँको कर्मचारीहरू कार्यालयमा हुन्छन् । निर्धक्कसँग सम्पर्क तथा कार्यालयमा आउनुहोस् । (कार्यक्रमहरू नभएको दिन बाहेक)

अग्रिम बुकिङको तरिका

 ४ महिना अगाडिदेखि नै फोन तथा कानाफ्यान स्टेशनको काउन्टरमा उपस्थित भएर बुकिङ गर्न सकिन्छ ।

 १२ महिना पछि गरिने अर्को वर्षको कार्यक्रमहरूको लागि गरिने बुकिङ भने अस्थायी बुकिङको रूपमा लिइनेछ । कानाफ्यान स्टेशनको कार्यालय खुलेपछि स्थायी बुकिङ हुनेछ । ※ तर तपाइँको बुकिङ क्यान्सिल हुने भयो भने हामी तपार्इंलार्इ सम्पर्क गर्नेछौं ।

अन्य कोर्ष तथा इभेन्ट

कानाफ्यान स्टेशन बाहेक अन्य स्थानीय क्षेत्रमा पनि विविध कार्यक्रम तथा इभेन्टहरू भइरहनेछन् । सपोर्ट सेन्टरको रूपमा संचालित अन्य ८ स्थानमा भने जापानी भाषाको कक्षा, रोजगार सपोर्ट सेन्टर तथा व्यक्तिगत परामर्श, स्थानीय नागरिकहरूसँगको सहकार्यमा गरिने कार्यक्रमहरू हुन्छन् ।

एक्सेस तथा पहुँच(アクセス)

जेआर・प्राइभेट रेलवे「योकोहामा स्टेशन」निशी गुची・किता निशी गुची गेटबाट निस्केर पैदल करीव ५ मिनेट

アクセス

स्थान(所在地)

योकोहामा सिटी कानागावा वार्ड चुरूयाच्योउ २-२४-२ कानागावा प्रिफेक्चुरल सेन्टरको दोस्रो तला ।
※ २०२१ साल ६ महिनादेखि अस्थायी रूपमा ३ र ६ तालमा सारिनेछ ।

फोनः 045-620-5940 फ्याक्सः 045-620-5939、045-312-1121 (विस्तारित लाइन 2226、2227)

e-mail: kanafanstation2013★gmail.com
※ इमेल पठाउँदा इमेलमा भएको ★ चिन्हलार्इ @ मा परिवर्तन गरेर पठाउनुहोस् । 

स्टेशनको गाइड(ステーションの内容)

अन्तरक्रिया (विदेशी विद्यार्थी आदि फ्यान क्लवका सदस्य, सपोर्टर, वालवालिका तथा विद्यार्थीहरू)

सूचनाको सम्प्रेषण (विविध खाले पर्चा आदिको वितरण), घरायसी परामर्श

विदेशी विद्यार्थीहरूको सपोर्ट (माथि उल्लेख गरिएको बाहेक, सपोर्टर सदस्यहरूसँगको सहकार्यमा रोजगार सपोर्ट तथा स्थानीयसँगको अन्तरक्रिया कार्यक्रम

このページに関するお問い合わせ先

このページの所管所属は文化スポーツ観光局 国際課です。